दफा १८
बिशेष सुरक्षा कक्षको व्यवस्था गरिने
(१) सुरक्षाको दृष्टिकोणले संवेदनशील प्रकृतिका बन्दीलाई कारागारभित्र विशेष सुरक्षा सहित राखको लागि विशेष सुरक्षा कक्षको व्यवस्था गरिनेछ। (२) कारागार प्रशासकले उपदफा (१) बमोजिमको कक्षमा देहाय बमोजिमको बन्दीलाई राख सक्नेछ:- (क) अदालत वा नेपाल सरकारबाट विशेष सुरक्षा कक्षमा राख्ने गरी आदेश दिइएको, (ख) कारागारबाट भागेकोमा पक्राउ भएको, (ग) कारागारभित्र हुलदङ्गा गरी भाग्ने प्रयत्न गरेको, (घ) कारागारभित्र हुलकङ्गा गर्ने, बन्दीलाई हैरानी गर्ने, यौन दुर्व्यवहार गर्ने वा चोरी गर्ने काम गरेको, (ङ) ८ स्वास्थ्य उपचार गराउने, अदालतमा उपस्थित गराउने वा काममा लगाउने सिलसिलामा भागेको, (च) कारागारभित्र रहेका अन्य बन्दीलाई भौतिक आक्रमण गरेको, (छ) कारागारभित्र रही कारागारबाहिरका आपराधिक क्रियाकलापमा संलग्न भएको । (३) यस दफा बमोजिम बन्दीलाई विशेष सुरक्षा कक्षमा राख्ने अवधि कारागार प्रशासकले निर्धारण गरे बमोजिम हुनेछ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (क) बमोजिमको बन्दीलाई त्यस्तो आदेशमा उल्लिखित अवधिसम्म विशेष सुरक्षा कक्षमा राख्नु पर्नेछ।

(५) यस दफा बमोजिम विशेष सुरक्षा कक्षमा बन्दीलाई राखिएको जानकारी कारागार प्रशासकले ८ सङ्घीय कारागारको हकमा विभाग र प्रमुख जिल्ला अधिकारीलाई तथा प्रदेश कारागारको हकमा प्रदेश सरकारको कारागार हेर्ने मन्त्रालय, विभाग र प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ।

(६) उपदफा (५) बमोजिम जानकारी दिँदा बन्दीलाई विशेष सुरक्षा कक्षमा राख्नु पर्नाको कारण र सो कक्षमा राखिने अवधि समेत खुलाई पठाउनु पर्नेछ।